२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

प्रधानमन्त्रीकाे चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै

- विशेष खबर सोमबार ०८, असोज २०८० ०८:१५

प्रधानमन्त्रीकाे चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै

काठमाडाैं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उनका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै छन् ।

प्रधानमन्त्री दाहाल र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो । 

त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्नेछन् ।भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आइपुगेका छन्। प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ । 
 
नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गरेका छन्।


#भ्रमण

प्रतिकृया दिनुहोस