२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

यस्ताे छ सरकार र शिक्षकबीच भएकाे ६ बुँदे सहमति

- विशेष खबर शुक्रबार ०५, असोज २०८० १०:५३

यस्ताे छ सरकार र शिक्षकबीच भएकाे ६ बुँदे सहमति

काठमाडौं । सरकार र ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । गृह मन्त्रालयमा शुक्रबार संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने ६ बुँदे सहमति भएको छ ।

संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ । शिक्षक आन्दोलन फिर्ता हुने सहमति भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।

वार्तापछि सरकारका प्रवक्ता रेखा शर्माले संसद्को सर्वोच्चतालाई ख्याल गर्दै यसलाई परिमार्जन र समृद्ध बनाएर लैजाने जानकारी दिइन् । उनले शिक्षकहरुले उठाएका मागबारे सकारात्मक रहेको जानकारी दिइन् । उनले संविधानकै प्रतिकूल हुने दिशामा कोही जान नसक्ने बताइन् ।

May be an image of ticket stub, blueprint and text

May be an image of ticket stub and text

May be an illustration of text

 

 

 


प्रतिकृया दिनुहोस