२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

जेठ ३२ सम्म लकडाउन, विमानस्थल असार १६ सम्म बन्द

शनिबार १७, जेठ २०७७ ०९:०२

जेठ ३२ सम्म लकडाउन, विमानस्थल असार १६ सम्म बन्द
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठक । तस्बिरः प्रधानमन्त्रीको स्वकीय सचिवालय

काठमाडाैं । नेपाल सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ मसान्तसम्म बन्दाबन्दी लम्ब्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । बैठकले अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी पनि गरेको छ ।

नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।


#लकडाउन

प्रतिकृया दिनुहोस