२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

विश्वका सय उदीयमान नेताको सूचीमा परे मेयर बालेन

- विशेष खबर बिहिबार २८, भदौ २०८० ०९:११

विश्वका सय उदीयमान नेताको सूचीमा परे मेयर बालेन

काठमाडौं । सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा  प्रतिष्ठित टाइम म्यागेजिनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई समावेश गरेको छ ।

म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो ।

वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न थालेको हो । म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ ।

सूचीमा वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्षयात्रीसहितका व्यक्तिहरु रहेका छन् ।

टाइमले २०७९ वैशाखको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेका स्ट्रक्चरल इन्जिनियर ३३ वर्षीय शाहले यथास्थिति प्रतिको मतदाताको आक्रोशलाई टिकटक, ट्विटर र इन्टाग्रामको मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको लेखेको छ ।

त्यसैको परिणामस्वरुप देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारहरुले अनुभवी राजनीतिज्ञहरुलाई पराजित गर्न सफल भएको जनाएको छ । २०७९ बैशाखमा भएको स्थानीय तह चुनावमा शाह ६३ हजारभन्दा बढी मत प्राप्त गरि विजयी भएका थिए ।


#बालेन शाह

प्रतिकृया दिनुहोस