२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट

बिहिबार १५, जेठ २०७७ ०६:५१

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट ल्याएको छ।

बिहीबार संघीय संसद्काे संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि उक्त बजेट घोषणा गरेका हुन्।

चालु वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। 

खतिवडाका अनुसार योमध्ये ९ खर्ब ४८ अर्ब पुँजीगत  खर्चका लागि हो भने  ३ खर्ब ५२ अर्ब चालु खर्चका लागि हो। सरकारले वित्त व्यवस्थापनका लागि १ खर्ब ७२ अर्ब छुट्याएको छ। 

राजश्वबाट ८ खर्ब ८९ अर्ब र ५९ अर्ब आम्दानी हुने, अनुदान र विदेशी ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट जुटाउने  सरकारको योजना छ।

कोरोना रोकथाम तथा नियन्त्रणका सरकारले यसअघि नै ल्याएको राहत कार्यक्रमलाई बजेटबाटै निरन्तरता दिने घोषणा गरेको छ। बजेटले स्वास्थ्य सेवा तथा पूर्वाधारका लागि विशेष कार्यक्रम तथा योजना ल्याएको छ।

कोरोना कारण उत्पन्न आर्थिक तथा समिजक प्रभावलाई न्यूनीकरणका गर्नका लागि सरकारले राहत कार्यक्रम पनि ल्याएको छ। रोजगारीका लागि यसअघि नै सञ्चालित कार्यक्रमलाई उपयोग गर्ने तथा नेपालमा काम गर्ने विदेशीलाई श्रमस्वीकृति अनिवार्य गर्ने बजेटबाट घोषणा गरिएको छ।

कोरोनाका कारण रोजगारी गुमाएकालाई कामका लागि खाद्यन्न कार्यक्रम सञ्चालन गरेको सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई तलबका लागि व्यवसायीलाई सहुलियत ऋण दिने घोषणा सरकारले गरेको छ।

शिक्षाका लागि बजेट बढाएको सरकारले भौतिक पूर्वाधारका लागि चालु वर्षका लागि ल्याएको बजेटको तुलनामा केही घटाएको छ।  


#बजेट

प्रतिकृया दिनुहोस