२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

एमाले उपाध्यक्ष नेम्वाङको निधन

- विशेष खबर मङ्गलबार २६, भदौ २०८० ०८:३२

एमाले उपाध्यक्ष नेम्वाङको निधन

 काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव  कृष्णप्रसाद काफ्लेले बताए।

उनीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए ।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका थिए ।  

उनकाे निधनमा राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री दाहाललगायत नेताहरूले दुख ब्यक्त गरेका छन् । 


प्रतिकृया दिनुहोस