२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

पूर्वसभामुख कृष्ण महराका छोरा राहुल पक्राउ

- विशेष खबर बुधबार १३, भदौ २०८० ०४:३९

पूर्वसभामुख कृष्ण महराका छोरा राहुल पक्राउ

काठमाडौं । पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । उनलाई प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

विमानस्थलबाट इलेक्ट्रिक चुरोट (भेप) मा लुकाइएर भित्र्याइएको ९ किलो छुटाउन चिनियाँ तस्करलाई सहयोग गरेको आरोप लागे पनि राहुलमाथि कारबाही चलेको थिएन ।

तर पछिल्लो मोटरसाइकलको ब्रेक सुमा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा समेत एउटै चिनियाँ समूह देखिएपछि राहुललाई सीआईबीले पक्राउ गरेको हो ।

गत पुसमा दुबईबाट भेपमा ल्याइएको ९ किलो सुनमा दुई चिनियाँ संलग्न भएको खुलेको थियो । ती दुवै चिनियाँसँग राहुलको निरन्तर सम्पर्क देखिएको थियो । तर त्यसबेला उनीहरुलाई मुद्दा चलाइएको थिएन ।

अहिले सीआईबीले अनुसन्धान गरिरहेको ६० किलो सुनमा पनि सोही चिनियाँ समूह देखिएको छ । हङकङबाट आएको सुनको लिंक खोज्न सीआईबीको टोली पठाइसकिएको छ । 


प्रतिकृया दिनुहोस