२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

कोशी प्रदेशको विश्वासको मतको विवाद पुनः सर्वोच्चमा

- विशेष खबर बुधबार ०६, भदौ २०८० ०६:३०

कोशी प्रदेशको विश्वासको मतको विवाद पुनः सर्वोच्चमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन्। उक्त विवादको सुनुवाइ भोलिका लागि तय भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

रिट निवेदनमा यही भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उल्लेख छ । 

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएको हुँदा संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेशको माग रिट निवेदनमा माग गरिएको छ ।
 


प्रतिकृया दिनुहोस