२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

आत्मलोचना गरे अन्तरघात गर्नेलाई पार्टीमा फर्काउन एमालेकाे निर्देशन

- विशेष खबर शुक्रबार ०१, भदौ २०८० ११:३५

आत्मलोचना गरे अन्तरघात गर्नेलाई पार्टीमा फर्काउन एमालेकाे निर्देशन

काठमाडौं । नेकपा एमालेले चुनावका बेला बागी/विद्रोही भई कारबाहीमा परेकालाई आत्मआलोचनासहित पार्टी सदस्यता नविकरण गर्ने भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जारी गरेकाे अन्तरपार्टी निर्देशन (अपानी)–८ मा कारबाहीमा परेकालाई आत्मआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेको पार्टी सदस्यता नवीकरण गर्ने भनिएको छ ।

पार्टीले सार्वजनिक कार्यक्रममा पार्टी र जनसङ्गठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएकाले त्यसलाई रोक्ने निर्णय गरेको छ । 

एमालेले अधिवेशनमा उमेदवारी शुल्क अधिकतम पाँच सय रूपैयाँ कायम गर्ने निर्णय गरेको छ । अन्तरपार्टी निर्देशनमा हाल अभ्यासमा रहेको शुल्क व्यवस्था पार्टी निर्माणका दृष्टिकोणबाट प्रतिकूल रहेकाले अधिवेशनमा उमेद्वारी शुल्क अधिकतम् रु पाँच कायम गर्ने निर्णय गरिएको उल्लेख छ ।

६ जना केन्द्रीय सदस्यबाट बिदा

 एमालेले ६ जनालाई केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ । पार्टीले केन्द्रीय सदस्य केशव स्थापित र प्रमोदनारायण यादव हटाएको छ ।

पार्टी केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेकाले उनलाई केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको अपानीमा उल्लेख गरिएको छ । 

यस्तै स्वास्थ्य लगायतका कारणले चार केन्द्रीय सदस्यलाई हाललाई कामबाट बिदा दिने निर्णय गरिएको छ । यसरी बिदा पाउनेमा केन्द्रीय सदस्यद्वय अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) रहेका छन् । 

यस्तै अपानीमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने भनिएको छ । 


प्रतिकृया दिनुहोस