२०८१ साउन ०९ गते बुधबार | 24 July, 2024

मिस नेपालकाे उपाधि श्रीच्छालाई

- विशेष खबर शनिबार १३, जेठ २०८० १०:०७

मिस नेपालकाे उपाधि श्रीच्छालाई

काठमाडाैं । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् । 

 प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारेकी छन् भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितेकी छन्। समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो । 

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउने छिन् ।

नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ । 


प्रतिकृया दिनुहोस