२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

क्रिकेट खेलाडी र प्रशिक्षकलाई सरकारले जनही ६ लाख

- विशेष खबर बुधबार २०, बैशाख २०८० ०२:४८

क्रिकेट खेलाडी र प्रशिक्षकलाई सरकारले जनही ६ लाख

काठमाडौं । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको छ । 

सरकारका प्रवक्ता रेखा शर्माले क्रिकेट खेलाडीले देशको मान बढाएको र त्यसको विकास भइरहेकाले सरकारले उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिइन् । उनले भनिन्, 'एसीसी प्रिमियर कप विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय भएको छ ।’

त्यस्तै क्रिकेट टोलीका अफिसियललाई भने जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताइन् । कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने निर्णय गरिएको छ ।

नेपालले मंगलबार एसीसी प्रिमियर कप जितेको थियो । यूएईलाई पराजित गर्दै नेपालले एसीसी प्रिमियर लिग जित्दै एसिया कपका लागि छनोट भएको थियो ।


प्रतिकृया दिनुहोस