२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

- विशेष खबर आइतबार १७, बैशाख २०८० १२:१३

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा चितवन-२ बाट भर्खैरै प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आइतबार नै बस्दैछ । केन्द्रीय समितिको बैठक ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा सरकारमा सहभागी हुने/नहुनेबारे पनि छलफल हुने बताइएको छ ।

शनिबार संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिएका थिए । आइतबारको बैठकले लामिछानेलाई संसदीय दलको नेता चुन्दैछ।


प्रतिकृया दिनुहोस