२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

- विशेष खबर बुधबार ०६, बैशाख २०८० ११:०८

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । 

राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।  

राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । 


प्रतिकृया दिनुहोस