२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

उपनिर्वाचनको मनोनयन दर्ता आज

- विशेष खबर सोमबार २०, चैत २०७९ १०:१५

उपनिर्वाचनको मनोनयन दर्ता आज

काठमाडाैं । प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदै छ । 

कांग्रेसका रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा–२ र नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगको तालिकाअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयनपत्र दर्ता गर्दै छन् ।


प्रतिकृया दिनुहोस