२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

प्रदेश १ को नाम अब कोशी

- विशेष खबर बुधबार १७, फागुन २०७९ १०:५५

प्रदेश १ को नाम अब कोशी

विराटनगर । प्रदेशसभाबाट प्रदेश १ को नाम कोशी प्रदेश पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ सांसदले मतदान गरेका थिए । प्रदेशसभाका ६ जना सदस्य भने अनुपस्थित रहेका थिए । प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ ।

कोशी प्रदेशको पक्षमा सत्तारुढ दल एमाले, माओवादी केन्द्र र राप्रपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेश सांसदहरुले मतदान गरेका थिए । कोशी प्रदेशको विपक्षमा नेकपा (एकिकृत समाजवादी)का कूल ४ जना प्रदेश सांसदले मतदान गरेका थिए ।

अनुपस्थित हुनेमा जनता समाजवादी पार्टीकी एकमात्र प्रदेश सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बु र राप्रपाकी प्रदेश सांसद सबिना बजगाईं प्रदेशसभाको ढोका बन्द भएपछि आएकाले मतदान विभाजन प्रक्रियामा सहभागी हुन सकेनन् । अनुपस्थित हुने अन्य चार जना प्रदेश सांसदमा कांग्रेस र एमालेका छन् । 

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन् ।


प्रतिकृया दिनुहोस