२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

अनेरास्ववियुको अध्यक्षमा बडाल

- विशेष खबर शुक्रबार ०५, फागुन २०७९ ०९:२८

अनेरास्ववियुको अध्यक्षमा बडाल

काठमाडाैं । नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

शुक्रबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए । बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरे। 

यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत)  निर्वाचित भएका छन् ।

महासचिव नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय भएका छन् । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।  

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी  र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा  १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए । 


प्रतिकृया दिनुहोस