२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

सांसद चन्द्र भण्डारीकी आमाकाे निधन

- विशेष खबर बिहिबार ०४, फागुन २०७९ १२:००

सांसद चन्द्र भण्डारीकी आमाकाे निधन

काठमाडाैं । ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ।

बुधबार राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उनका छोरा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका थिए।

कीर्तिपुर अस्पतालकी निर्देशक डा. निजिमा ताम्राकारले हरिकलाको निधन भएको जानकारी दिइन्। ‘उहाँको बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो,’ उनले भनिन्।

सांसद भण्डारीलाई थप उपचारका लागि भारत मुम्बई लैजाने तयारी गरिएको छ।


प्रतिकृया दिनुहोस