२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

घट्यो सुनको मूल्य

बुधबार ०३, फागुन २०७९ १२:४९

घट्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रूपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य बुधबार एक लाख तीन हजार छ सय रूपैयाँ तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार तीन सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार दुई सय ९० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


प्रतिकृया दिनुहोस