२०८१ भदौ २३ गते आइतबार | 8 September, 2024

घट्यो सुनको मूल्य

- विशेष खबर शुक्रबार ११, साउन २०८१ ०१:१६

घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ४४ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय रूपैयाँ निर्धारण भएको छ ।


प्रतिकृया दिनुहोस