२०८१ कार्तिक ०६ गते मङ्गलबार | 22 October, 2024

सुनको मूल्यमा नयाँ कीर्तिमान

- विशेष खबर सोमबार ०५, कार्तिक २०८१ १२:०३

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । 

आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला २० वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।


प्रतिकृया दिनुहोस