२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

रास्वपा तत्काल सरकारबाट नबाहिरिने

- विशेष खबर बिहिबार १९, माघ २०७९ ०९:३९

रास्वपा तत्काल सरकारबाट नबाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका सभापति रवि लामिछानेलाई पार्टीका बहुमत सांसद र केन्द्रीय सदस्यले स्वीकारेनन्। 

केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् ।

रास्वपा अध्यक्ष लामिछानेले बिहीबार दिउँसो सामाजिक सन्जालमा आफू अभिमन्यू बनेर नबस्ने भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । उक्त चेतावनी दिएपछि उनले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका थिए।

 


प्रतिकृया दिनुहोस