२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपा स्थायी कमिटी बैठक स्थगित

बुधबार ३१, बैशाख २०७७ १०:०९

नेकपा स्थायी कमिटी बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडाैं ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बस्ने गरी बोलाइएको स्थायी समितिको वैठक स्थगित भएको छ।

बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

उपत्यकामा फेरि कोरोना स‌ंक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका महासचिव विष्णु पौडेलले बताएका छन् ।

 आजको वैठकमा निती तथा कार्यक्रम, बजेट र सीमा समस्याबारे छलफल हुने बताइएको थियो।

नेकपाको अर्को बैठकको मिति निश्चित  भएकाे छैन ।


#नेकपा

प्रतिकृया दिनुहोस