२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

प्रधानमन्त्री दाहालले गरे पदभार ग्रहण

- विशेष खबर सोमबार ११, पुष २०७९ ०९:१५

प्रधानमन्त्री दाहालले गरे पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।

यसअघि दाहाललाई शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । दाहाल पहिलो पटक २०६५, दोस्रो पटक २०७४ प्रधानमन्त्री बनेका थिए ।

मंसिरमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका दाहाल एमालेसँगको गठबन्धनमा सरकारमा गएका हुन् । एमाले र माओवादी केन्द्रबीच आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।


प्रतिकृया दिनुहोस