२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपा स्थायी समिति बैठक बुधबार बस्ने

मङ्गलबार ३०, बैशाख २०७७ ०४:०१

नेकपा स्थायी समिति बैठक बुधबार बस्ने

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बुधबार बस्ने भएको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बोलाएको हाे ।

यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता बैठक बसेको थियो । यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई स्थायी समिति बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो ।

पार्टी कार्यालय सचिव रिजालले दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न थालेको बताए । स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।


#नेकपा

प्रतिकृया दिनुहोस