मङ्गलबार ३०, बैशाख २०७७ ०३:१९
काठमाडाैं । लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएर नगर प्रहरीमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौँमा पहाडीसहित लकडाउन उल्लङ्घन गर्ने ५१ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमखु प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
विभिन्न क्षेत्रमा सीमा अतिक्रमणको विरोध भइरहेको छ । सरकारले सडक बनाएको विषयमा कूटनीतिक नोट पठाउँदै शान्तिपूर्णरुपमा विवाद समाधानका लागि भारतलाई आह्वान गरेको छ । सरकारले उक्त क्षेत्र नेपालको भूमि भएको प्रष्ट पारिसकेको छ ।
प्रतिकृया दिनुहोस