२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

पैसा बाँडेको आरोपमा एमाले उम्मेदवारसहित तीन जना पक्राउ

- विशेष खबर शुक्रबार ०२, मङि्सर २०७९ ०९:४६

पैसा बाँडेको आरोपमा एमाले उम्मेदवारसहित तीन जना पक्राउ

काठमाडाैं । मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौंका प्रतिनिधिसभा निर्वाचन ५ अन्तर्गतको प्रदेशसभा (२) का एमाले उम्मेदवार दीपक निरौलासहित तीनजना पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको छ । 

उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।


प्रतिकृया दिनुहोस