२०७९ असोज १६ गते आइतबार | 2 October, 2022

निर्वाचनका लागि ८४ दल दर्ता (सूचीसहित)

- विशेष खबर मङ्गलबार ३१, साउन २०७९ ०९:५६

निर्वाचनका लागि ८४ दल दर्ता (सूचीसहित)

काठमाडाैं । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् । 

सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन आजसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन् । 

आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ ।


प्रतिकृया दिनुहोस