२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने सत्तारुढ गठबन्धनकाे निर्णय

- विशेष खबर बुधबार १८, साउन २०७९ ०६:२२

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने सत्तारुढ गठबन्धनकाे निर्णय
फाइल तस्बिर ।

काठमाडौं । सत्तारुढ गठबन्धनमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति भएकाे छ । सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको गठबन्धनका एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका विभिन्न मितिमा छलफल भएको र मंसिर ४ गते नै गर्ने भन्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको बैठकमा सहभागी ति नेताले बताए ।

'प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएर मंसिर ४ गते नै निर्वाचन गर्ने भन्ने विषयमा समझदारी बनेको छ,' ती नेताले भने, 'अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने पनि समझदारी बनेको छ ।'

निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषद्ले निर्णय गर्न लागेकाे ती नेताले बताए । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्ने बताइएको छ ।


#सत्तारुढ गठबन्धन #निर्वाचन #सहमति

प्रतिकृया दिनुहोस