२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

जनार्दन शर्मा फेरि अर्थमन्त्री नियुक्त

- विशेष खबर आइतबार १५, साउन २०७९ ०४:१५

जनार्दन शर्मा फेरि अर्थमन्त्री नियुक्त

काठमाडौं ।  जनार्दन शर्मा पुन: अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बजेट भाषणको अघिल्लो रात जेठ १४ गते अनधिकृत ब्यक्तिलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका शर्माले अर्थमन्त्री  पदबाट राजीनामा दिएका थिए । उक्त प्रकरणकाे छानबिनका लागि संसदीय विशेष समिति गठन भएकाे थियाे ।  

अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत ब्यक्तिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । 


#अर्थमन्त्री #जनार्दन शर्मा

प्रतिकृया दिनुहोस