२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित

- विशेष खबर बिहिबार १२, साउन २०७९ ०५:५३

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडाैं। राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

यो विधेयकलाई प्रतिनिधिसभाले ६ साउनमा पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछ । विधेयकमाथि बिहीबार नै दफाबार छलफल प्रारम्भ भएको थियो ।

यो विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् । त्यस्तै बाबुको पहिचान हुन नसकेकाहरुले आमाको नामबाट पनि नागरिकता लिन पाउने भएका छन् ।

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


#नागरिकता विधेयक #राष्ट्रिय सभा

प्रतिकृया दिनुहोस