२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

अढाइ वर्षपछि उपसभामुखकाे निर्वाचन आज

- विशेष खबर शुक्रबार ३१, असार २०७९ ०७:५१

अढाइ वर्षपछि उपसभामुखकाे निर्वाचन आज

काठमाडौं । प्रतिनिधि सभाले कार्यकाल सकिन लागेका बेला उपसभामुख पाउने भएको छ । अढाइ वर्षपछि उपसभामुका लागि आज निर्वाचन हुँदैछ । मतदानको समय दिउँसो तीन बजे निर्धारण गरिएको संसद सचिवालयले जनाएकाे छ । 

उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । निर्वाचन तालिका अन्तरगत बिहीबार उम्मेदवारी दर्ता भएर अन्तिम नामावली प्रकाशित भएकाे थियाे । भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार हुन् । 

०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म रक्त रहेकाे थियाे । हाल प्रतिनिधि सभामा एमालेका ९८, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र गरी ४ जना सांसद छन्।


प्रतिकृया दिनुहोस