२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

आज भारत भ्रमणमा जाँदै दाहाल, भाजपा कार्यालयमा स्वागत गरिने

- विशेष खबर शुक्रबार ३१, असार २०७९ ०७:३३

आज भारत भ्रमणमा जाँदै दाहाल, भाजपा कार्यालयमा स्वागत गरिने

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा आज तीन दिने भारत भ्रमणमा जान लागेका छन् । उनलाई भाजपा पार्टी मुख्यालयमा स्वागत गर्ने तयारी गरिएकाे छ।

भाजपा अध्यक्ष जेपी नड्डासँग शुक्रबारै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ। शुक्रबारकाे भेटवार्तामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहितका अन्य केही शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भ्रमणका क्रममा अध्यक्ष दाहाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच पनि भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको तयारी रहे पनि समय निश्चित हुन बाँकी रहेकाे बताइएको छ । 


प्रतिकृया दिनुहोस