२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

भाेली भारत भ्रमणमा जाँदै दाहाल

- विशेष खबर बिहिबार ३०, असार २०७९ ०९:१८

भाेली भारत भ्रमणमा जाँदै दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार भारत भ्रमणमा जाँदै छन् । भारतीय जनता पार्टी(भाजपा) अध्यक्ष जेपी नड्डाको निम्तोमा दाहाल भारत भ्रमणमा भइरहेकाे उनको निजी सचिवालयले जनाएको छ ।

स्वकीय सचिव रमेश मल्लका अनुसार दाहाल शुक्रबार दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुन सक्ने सम्भावना रहेको मल्लले बताए । दाहाल साउन १ गते स्वदेश फर्कनेछन् ।


प्रतिकृया दिनुहोस