२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

- विशेष खबर बुधबार २९, असार २०७९ ०९:३४

आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडाैं । निर्वाचन आयोगले आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले विज्ञप्ति जारी गर्दै फोटोसहितको मतदाता नामावली संकलनको कामलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको हो । 

आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर  हाल उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाट सेवा सुरु गरिएको जनाएको  छ ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै आवेदन पेश गर्न सक्नेछन् । 

अनलाईन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 


प्रतिकृया दिनुहोस