२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

सीपीसी नेता लिउले आज दाहाललाई भेट्ने

- विशेष खबर सोमबार २७, असार २०७९ ०८:०२

सीपीसी नेता लिउले आज दाहाललाई भेट्ने

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै छन्। 

जियानचाओले साेमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले दाहालसँग अपराह्न चार बजे खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गर्नेछन् । 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग पनि भेट्ने कार्यक्रम छ । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उनी बुधबार स्वदेश फर्किनेछन् ।

सीपीसीका विदेश विभाग प्रमुख जियानचाओ आइतबार बिहान काठमाडौं आएका थिए । आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटघाट गरेका थिए । उनकाे सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार बेलुकी रात्रिभोज आयोजना गरेका थिए ।


प्रतिकृया दिनुहोस