२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ आज आउँदै

- विशेष खबर आइतबार २६, असार २०७९ ०८:४९

चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ आज आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार नेपाल भ्रमणमा आउँदै छन् । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ चारदिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।   

विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।  नेता लिउले आसन्न नेपाल भ्रमणका दौरानमा कांग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम छ ।

यसअघि गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गर्नुभएकाे थियाे । नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ ।

नेपालमा २०७४ को निर्वाचनयता पाँच वर्षमा फेरि संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । २०७४ मा निर्वाचन हुनुअगाडि एमाले र माओवादीलाई निर्वाचनमा सँगै लैजान र त्यसपछि एकीकरण गर्नका लागि चिनियाँ पक्षले खुलेरै भूमिका खेलेको थियो । चीनले नेपालमा कम्युनिस्टहरू मिल्नुपर्नेमा जोड दिँदै आइरहेको छ ।


प्रतिकृया दिनुहोस