२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

कांग्रेस पदाधिकारी बैठक आज दिउँसाे

- विशेष खबर आइतबार २६, असार २०७९ ०७:५६

कांग्रेस पदाधिकारी बैठक आज दिउँसाे

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति देउवाले आइतबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुने एक नेताले बताए । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

कांग्रेसले स्थानीय चुनावको समीक्षा गर्न सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेका छन् । बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थाहरूलाई मान्यता प्रदान गर्ने एजेन्डासमेत रहेको छ ।

बैठकमा सभापति देउवासहित उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु सहभागी हुनेछन् । १४ औं महाधिवेशनपछि कांग्रेसले कोषाध्यक्ष भने मनोनीत गरेको छैन ।


प्रतिकृया दिनुहोस