२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

लिपुलेकमा भारतले बनायाे सडक

शुक्रबार २६, बैशाख २०७७ ०९:४८

लिपुलेकमा भारतले  बनायाे सडक

दार्चुला। भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको आज उद्घाटन गरेका छन् । 

कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको आज भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उद्घाटन गरेको जनाइएको छ ।  मानसरोवर यात्राको लिंकरोडको उद्घाटन गर्न पाउँदा खुशी छु’, उनले ट्विट गरेका छन्, ‘बिआरओ (बोर्डर रोड अर्गनाइजेशन) ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको छ ।’ 

नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोधसमेत भइरहेको छ ।

भारतले सन् २००८ देखि नै यो सडक निर्माण सुरु गरेको हो । ९५ किलोमिटर तवाघाट लिपुलेक सडक खण्डको २०२० मा सम्पन्न भएको जनाएको छ । 

तवाघाट दार्चुला सदरमुकाम पारि धारचुलाबाट १६ किलोमिटर माथि पर्छ । तवाघाटबाट गर्भाधारसम्म दुई लेनको सडक बनेको र गर्भाधार माथि सिंगल लेनबाट सडकको ट्याक खोलिएको छ । त्योभन्दा माथि दुई लेन सडक बनाउने काम पनि संगै चलिरहेको स्थानीयले बताएका छन् ।  

अहिले नेपालतर्फ दुम्लिङ् माथिका बासिन्दा बेसी झरेका छन् । मंसिरमा सरेको त्यहाको प्रहरी चौकी पनि लकडाउनका माथि उक्लिन पाएको छैन । ब्यासका बासिन्दा बैशाखको पहिलो साता गाउ फर्कने गरेका थिए । लकडाउन र सीमा बन्दका कारण स्थानीयले गाउ फर्कन पाएका छैनन् ।  

सन् २०१५ मा चीन र भारतबीच लिपुलेक नाकबाट व्यापार विस्तार गर्ने सहमतीपछि भारतले यो सडक निर्माणले तिव्रता दिएको थियो ।   

चीनको सीमासित सडक जोडेको लिपुलेक ब्यास गाउपालिका १ मा पर्ने भए पनि नेपालको पहुच बाहिर छ । पहिलेदेखि भारतको उच्च सुरक्षा निगरानीमा रहेको गुञ्जीभन्दा माथिको भागमा नेपाली नागरिकले जान पाउदैनन् । २४ किलोमिटर कालापानीयता छियालेक माथि भारतीय नागरिकलाई पनि धारचुला तहसिलको प्रवेश अनुमतिमा मात्र जान पाइन्छ । 
 
 


#सीमा

प्रतिकृया दिनुहोस