२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

बूढीगंगा नगरपालिकामा जनप्रतिनिधि चुन्न मतदान सुरू

- विशेष खबर बिहिबार २३, असार २०७९ ०७:४०

बूढीगंगा नगरपालिकामा जनप्रतिनिधि चुन्न मतदान सुरू

काठमाडौं। बाजुराको बूढीगंगा नगरपालिकामा स्थानीय तहका ्जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान भइरहेकाे हो ।

बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार हुनुहुन्छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए। १० वटा मतदानस्थल मध्ये केहीमा मतदान सुरू भइसकेकाे र केहीमा मतदानकाे पहल भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले बताए ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो ।


प्रतिकृया दिनुहोस