२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

सिंहदरबार अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप, डिएसपीसहित ६ जना घाइते

शुक्रबार २६, बैशाख २०७७ ०४:२९

सिंहदरबार अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप, डिएसपीसहित ६ जना घाइते

काठमाडौं । घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको हो । प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ घाइते भएका छन् ।  

प्रहरीले ३८ चिनियाँ नागरिकलाई पक्राउ गरी नगर प्रहरी कार्यालयमा राखिएको छ।

 


#झडप

प्रतिकृया दिनुहोस