२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

प्रहरीमा २ हजार ९१७ जनाका लागि भर्ना खुल्यो, कुन पदमा कति ?

- विशेष खबर आइतबार १९, असार २०७९ ०८:५८

प्रहरीमा २ हजार ९१७ जनाका लागि भर्ना खुल्यो, कुन पदमा कति ?

​काठमाडाैं । नेपाल प्रहरीले सहायक निरीक्षक र जवान पदमा ठूलो सङ्ख्यामा भर्ना खाेलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार  प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको हो ।

प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ ।

त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी,३०५, दलित १६४ र पिछडा वर्गका लागि ५३ गरी कुल २ हजार ४७४ जनाको लागि भर्ना खुलेको छ ।


प्रतिकृया दिनुहोस