२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीद्वारा नेकपा एसका मन्त्री हेरफेर

- विशेष खबर आइतबार १२, असार २०७९ ०७:३४

मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीद्वारा नेकपा एसका मन्त्री हेरफेर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।

नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेको उल्लेख गरेको छ ।

नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि मन्त्रिपरिषद् २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो ।

संसदमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरुले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै मन्त्री हेरफेर रोकिएको थियो ।


#मन्त्रिपरिषद्

प्रतिकृया दिनुहोस