२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामा, ५ बजे पत्रकार सम्मेलन गर्दै

- विशेष खबर आइतबार १२, असार २०७९ ०३:१९

पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामा, ५  बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएको अध्यक्ष नेपालनिकट स्रोतले जनाएको छ । 'करिब साढे ११ बजेतिर आले पार्टी कार्यालय आउनु भएको थियो । अध्यक्षलाई राजीनामा बुझाउनु भएको छ,' नेपाल निकट स्रोतले भन्यो।

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको जानकारी दिएका थिए । जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

पार्टी अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाइसकेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन उनले ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।


#प्रेम आले #मन्त्री

प्रतिकृया दिनुहोस