२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

- विशेष खबर बिहिबार ०९, असार २०७९ ०८:३१

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

काठमाडौँ । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेकी हुन् ।

श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले जेठ ३ मा अनुमोदन गरेको थियो ।

श्रेष्ठसहित २० मुलुकका लागि मन्त्रिपरिषद्‌ बैठकले गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो ।


#चीन #राजदूत

प्रतिकृया दिनुहोस