२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

नेपालगन्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएका र प्रहरी बीच झडप

- विशेष खबर बिहिबार १९, जेठ २०७९ ११:१६

नेपालगन्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएका र प्रहरी बीच झडप

नेपालगन्ज । बाँकेकाे नेपालगन्जस्थित धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्र शाहकाे सालिक राख्न खाेज्दा तनाव भएकाे छ । बिहीबार बिहान सालिक राख्न आएकाले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेकाे छ ।

प्रहरीले पूर्वराजा शाहको सालिक राख्न रोकिरहँदा उनीहरुले ढुंगामुढा गर्न थालेका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर समेत गरेकाे छ ।

झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् ।अहिले त्यहाँ सशस्त्र प्रहरी समेत खटाइएकाे बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताए ।


प्रतिकृया दिनुहोस