२०७९ असार १९ गते आइतबार | 3 July, 2022

८३४ कैदीले पाए सजाय माफी

- विशेष खबर शनिबार १४, जेठ २०७९ ०८:२६

८३४ कैदीले पाए सजाय माफी

काठमाडौं । सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा गरेकाे छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रबार छुट्टाछुट्टै दुई विज्ञप्ति जारी गरी कैदीको सजाय मिनाहाबारे जानकारी दिएको हो।


प्रतिकृया दिनुहोस