२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

काठमाडौं महानगरका २७ वडाकाे मतगणना सकियाे, मेयरमा कसले कति मत ल्याए ?

- विशेष खबर बुधबार ११, जेठ २०७९ ०९:४७

काठमाडौं महानगरका २७ वडाकाे मतगणना सकियाे, मेयरमा कसले कति मत ल्याए ?

काठमाडाैं । काठमाडौं महानगरपालिकाको २७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको हाे।

अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी  छ। हालसम्म कुल १ लाख ६६ हजार ३ सय १३ मत गणना हुँदा मेयर पदमा १ लाख ३९ हजार ९६५ सदर मत परेको छ। 

जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायम गरेका छन्।

मेयरका स्वतन्त्र उम्मेदवार शाहले ५४ हजार २१२ मत प्राप्त गरेका छन्। दोस्रोमा रहेकी सिंहले ३४ हजार १८० मत पाएकाे र एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत ल्याएका छन् । 


प्रतिकृया दिनुहोस