२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

काठमाडौंमा ३७ हजार ७ सय मत गन्न बाँकी, बालेनले ५० हजार कटाए

- विशेष खबर मङ्गलबार १०, जेठ २०७९ ११:२१

काठमाडौंमा ३७ हजार ७ सय मत गन्न बाँकी, बालेनले ५० हजार कटाए

काठमाडाैं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत कटाएका छन्। पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत ल्याएकी छन्। त्यस्तै नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा छन्।

काठमाडौंमा खसेका १ लाख ९१ हजार ५५ मत मध्ये करिब १ लाख ५३ हजार गणना भइसकेको छ भने ३७ हजार ७ सयजति मत गन्न बाँकी छ । 

अहिले वडा नम्बर १७ बाहेक बाँकी ९ वडाको मत गणना जारी  छ। अहिले वडा १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना भइरहेको छ भने वडा १७ को मतगणना सुरु हुन बाँकी छ ।

अन्य वडामा भने मतगणना सम्पन्न भइसकेको छ ।


प्रतिकृया दिनुहोस