२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

भरतपुरकाे मेयरमा रेनु १२ हजार बढी मतान्तरले विजयी

- विशेष खबर मङ्गलबार १०, जेठ २०७९ ०९:५८

भरतपुरकाे मेयरमा रेनु १२ हजार बढी मतान्तरले विजयी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले पराजित गर्दै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा भने निर्वाचन परिणाम सार्वजनिक गरेको छैन । सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् । दाहालले ५२ हजार ३० मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए ।

उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ५२ हजार ८ सय ३ मत  र उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याएका छन्। हिमलालाई एमालेको समर्थन थियो ।

भूइँकटहर चिन्ह पाएका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय २८ मत पाएका छन् ।  


प्रतिकृया दिनुहोस