२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

काठमाडाैं मतगणना : १७ हजारले बालेनकाे अग्रता, अब ६२ हजार मत गन्न बाँकी

- विशेष खबर सोमबार ०९, जेठ २०७९ ०८:४१

काठमाडाैं मतगणना : १७ हजारले बालेनकाे अग्रता, अब ६२ हजार मत गन्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन्द्र साह (बालेन)ले ४३ हजार ८५० मतसहित फराकिलो अग्रता बनाएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाएर दोस्रो स्थानमा छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । सिंह स्थापित बीचकाे मतान्तर ८८५ छ । 

सिंहलाई बालेनले भने १७ हजार ९०६ मत अन्तरले पछि पारेका छन् । स्थापितभन्दा बालेन १८ हजार ७९१ मतले अगाडि छन् ।

उपप्रमुखमा भने एमालेकी सुनिता डंगोलले ४५ हजार ८७५ मत ल्याएकी छन् । अर्का उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले १५ हजार २८२ मत पाएका छन् । 

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा खसेका १ लाख ९० हजार ९८४ मत मध्ये ६२ हजार ४९९ मत अब गन्न बाँकी छ ।

 


प्रतिकृया दिनुहोस